National life

नेसनल लाइफ इन्सुरेन्स र सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ साउन २०८१, बुधबार
624Shares
नेसनल लाइफ इन्सुरेन्स र सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका
ncell

काठमाडौं । आज दुई कम्पनी नेसनल लाइफ इन्सुरेन्स र सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि बिहीबार असार २४ बुक क्लोज गर्दैछन् । तसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ ।

नेसनल लाइफ इन्सुरेन्स गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर सहित १०.७४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त लाभांश पारित गर्न यस इन्सुरेन्सले भदौ ७ गते वार्षिको साधारण सभा बोलाएको छ । सभा, नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे सुरु हुनेछ ।

सूर्योदय वोमी लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । उक्त बोनस सेयर एफपीओ हात पार्ने लगानीकर्ताले पनि पाउँने छन् ।

उक्त बोनस सेयर पारित गर्न यस कम्पनीको वार्षिक साधारण सभा साउन ३२ गते बस्दैछ । सभा, महालक्ष्मी नगरपालिका, लुभु ललितपुरस्थित लुभु पार्टी प्यालेस एन्ड क्याटेरिङ सेन्टरको सभाहलमा दिउँसो १२ः३० बजे सुरु हुनेछ।

 

यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?