National life

पछिल्लो ११ महिनामा आन्तरिक हवाई सेवा लिनेको सङ्ख्यामा ह्वात्तै वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ पुस २०८०, मङ्गलबार
708Shares
पछिल्लो ११ महिनामा आन्तरिक हवाई सेवा लिनेको सङ्ख्यामा ह्वात्तै वृद्धि
ncell

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २०२३ मा आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुको सङ्ख्या बढेको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा आन्तरिकतर्फ उडान गर्ने यात्रु सङ्ख्यामा ३७.४८ र अन्तर्राष्ट्रियतर्फ ४१.०४ प्रतिशत वृद्धि भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सन् २०२३ को नोभेम्बर अर्थात् ११ महिनामा ७७ लाख ९४ हजार २१७ यात्रुले आन्तरिक उडानको सेवा लिएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख गरेको छ ।

सोही अवधिमा अन्तर्राष्ट्रियतर्फ ४१ लाख ५४ हजार ३९३ यात्रुले उडान सेवा लिएका छन्। नेपालबाट विभिन्न १६ देशका वायुसेवा कम्पनीले ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आउजाउ गर्ने यात्रु सङ्ख्या बढेको प्राधिकरणले बताएको हो। आन्तरिकतर्फ २१ वटा वायुसेवा कम्पनी दर्ता रहे पनि १९ कम्पनीले नियमित उडान गर्दै आएका छन्।

यो समाचार शेयर गर्नुहोस्
708SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?