National life

पर्यटन क्षेत्रका लागि भित्रियो सबैभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता भित्रियो,कुन क्षेत्रमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ पुस २०८१, बुधबार
1.4kShares
पर्यटन क्षेत्रका लागि भित्रियो सबैभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता भित्रियो,कुन क्षेत्रमा कति ?
ncell

काठमाडौँ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भित्रिएको छ ।

विभिन्न क्षेत्रका ३१९ परियोजनाका लागि उक्त रकम बराबरको विदेशी लगानी प्रतिबद्धता भित्रिएको हो । मंसिर मसान्तसम्मको तथ्यांक अनुसार अटोमेटिक रुटबाट १३८ परियोजनामा दुई अर्ब १३ करोड एक लाख सात हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भित्रिएको छ।

मंसिर महिनामा मात्रै २ अर्ब ११ करोड २२ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता आएको उद्योग विभागले उल्लेख गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
५ महिनामा स्वचालित प्रणालीबाट उनीहरूले २ अर्ब १३ करोड १ लाख ७ हजार रुपैयाँ बराबरको लगानी ल्याउने इच्छा गरेका प्रकट गरेका छन् । मंसिरमा मात्रै स्वचालित प्रणालीबाट ५० करोड २७ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता आएको छ।

सरकारले गत वैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनको अवसरमा अटोमेटिक रुटबाट पनि विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था गरेको थियो त्यस माध्यमबाट ५० करोड रुपियाँसम्मको लगानी स्वीकृत गर्न सकिन्छ । यस प्रणालीले साना लगानीकर्तालाई सहजता मिलेको विभागले जनाएको छ।

यसैगरी स्वीकृत मोडलबाट १८१ परियोजनामा १८ अर्ब ६४ करोड ७२ लाख ५६ हजार रुपियाँ बराबरको लगानी प्रतिबद्धता भित्रिएको छ । समीक्षा अवधिमा ३१२ साना,चार मझौला र तीन ठुला उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ ।

यो लगानीअनुसार उद्योग स्थापना भएमा ९ हजार २०६ जनाले रोजगारी पाउने छन्। यो उद्योग विभागमा दर्ता भएको वैदेशिक लगानी प्रतिबद्धता मात्रै हो । लगानी बोर्डमा आउने लगानी प्रतिबद्धता यसमा समावेश छैन।  यस्तै, समीक्षा अवधिमा शेयर खरिद र सदस्यता सम्झौतामार्फत भने थप एक अर्ब ५४ करोड १२ लाख १५ हजार रुपियाँ लगानी प्रस्ताव भएको छ । यसैगरि २२ वटा प्रविधि हस्तान्तरण सम्बन्धी प्रतिबद्धता आएको तथ्यांकमा उल्लेख छ ।

विभागको सार्वजनिक तथ्यांकअनुसार नेपालमा बिजनेस भिसा लिने विदेशीको संख्यामा वृद्धि भएको छ । तथ्यांकअनुसार ५ महिनामा १ हजार ७८२ लगानीकर्ताले यस्तो भिसाको सिफारिस मागेका छन्। अघिल्लो आवको सोही अवधिमा १ हजार २०० जनाले यस्तो माग गरेका थिए।

विभागका अनुसार ५ महिनाको अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता भने पर्यटन क्षेत्रमा रहेको छ । यसले विदेशी लगानीकर्ताहरु नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न धेरै आकर्षित भएको बुझिन्छ। चालु आवको ५ महिनामा आएको कुल लगानी प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रमा ४५ प्रतिशत देखिएको छ ।

पर्यटन क्षेत्रका १४५ वटा उद्योगका लगानी प्रतिबद्धता आएको हो । यस्तै, दोस्रोमा सूचना प्रविधि क्षेत्रमा ३३ प्रतिशत अर्थात् १०६ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार सेवा क्षेत्रका लागि ४० वटा अर्थात् १३ प्रतिशत, उत्पादन क्षेत्रका २२ वटा अर्थात् ७ प्रतिशत, कृषिका ५ वटा अर्थात् २ प्रतिशत तथा पूर्वाधार क्षेत्रको १ उद्योगका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको हो।

उद्योग विभागका अनुसार हालसम्म कुल ५ खर्ब ४० अर्ब ५३ करोड ९८ लाख ६० हजार ७०५ रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ। हालसम्म स्वचालित प्रणालीबाट २७७ उद्योगका लागि १० अर्ब २४ करोड ६३ लाख ३७ हजार रुपैयाँ तथा स्वीकृति प्रणालीबाट ६ हजार ४४१ उद्योगका लागि ५ खर्ब ३० अर्ब २९ करोड ३५ लाख २३ हजार ७०५ रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

त्यस्तै, यो पाँच महिनामा नेपालबाट ३८ करोड २२ लाख ५४ हजार रुपैयाँ, ९ लाख ५१ हजार २४० अमेरिकी डलर, २० करोड ५ लाख १ हजार १२८ भारु र १० हजार २ सय युरो रोयल्टीबापत बिदेसिएको छ। गत वर्षको सोही अवधिमा ७४ करोड ८६ लाख ६७ हजार ५८९ रुपैयाँ, ५ लाख ९१ हजार ४६८ अमेरिकी डलर, १९ करोड २० लाख २५ हजार भारु रोयल्टीबापत विदेश गएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?