National life

पाँच महिनामा ८ अर्ब बढीको भटमास तेल र तीन अर्ब ४५ करोड बढीको अलैँची निर्यात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ पुस २०८१, सोमबार
1.4kShares
पाँच महिनामा ८ अर्ब बढीको भटमास तेल र तीन अर्ब ४५ करोड बढीको अलैँची निर्यात
ncell

काठमाडौँ । वैदेशिक व्यापारमा बिस्तारै सुधारोन्मुख देखिएको छ। लामो समयसम्म नकारात्मक अवस्थामा देखिएको व्यापारमा क्रमिक सुधार आएको भन्सार विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कमा अनुसार वैदेशिक व्यापारमा सुधार देखिएको हो । उक्त उक्त तथ्याङ्कअनुसार यो अवधिमा आयात तीन प्रतिशत र निर्यात १६ दशमलव पाँच प्रतिशतले बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा रु छ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार बराबरको वस्तु आयात भएको छ। गत आवको सुरुआती पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन प्रतिशतले बढेको हो।

गत आवको पहिलो पाँच महिनामा नेपालले रु ६३ अर्ब २० करोड ७४ लाख बराबरको वस्तु निर्यात गरेकामा चालु आवको सोही अवधिमा निर्यात १६ दशमलव ५४ प्रतिशतले बढेर रु ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार पुगेको छ। आयात, निर्यात बढेसँगै मुलुकको व्यापार घाटामा समेत वृद्धि भएको छ ।

मङ्सिर मसान्तसम्ममा कुल रु सात खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजार बराबरको वैदेशिक व्यापार हुँदा नेपालले रु पाँच खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख घाटा व्यहोरेको छ। गत आवको पहिलो पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा व्यापार घाटा चार दशमलव २१ प्रतिशतले बढेको हो।

मङ्सिर मसान्तसम्ममा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ। यो अवधिमा रु ४२ अर्ब १७ करोड २८ लाख ६२ हजार बराबरको डिजेल, रु २६ अर्ब ४५ करोड ४३ लाख बराबरको पेट्रोल र रु २४ अर्ब २२ करोड ९१ लाख बराबरको एलपी ग्यास आयात भएको छ। त्यस्तै, रु २० अर्ब ९६ करोड बराबरको फलामजन्य वस्तु र रु १० अर्ब ३५ करोड ६१ लाख बराबरको स्मार्टफोन आयात भएको छ।

सबैभन्दा बढी निर्यात भएका वस्तुमा भटमास तेल, कार्पेट, अलैँची, सूर्यमुखी तेल, चियालगायत वस्तु छन्। पाँच महिनामा रु आठ अर्ब ३६ करोड ८५ लाख बराबरको भटमास तेल, रु चार अर्ब ९६ करोड ३३ लाख बराबरको कार्पेट, रु तीन अर्ब ४५ करोड ७२ लाख बराबरको अलैँची, रु दुई अर्ब ९७ करोड ६१ लाख बराबरको सूर्यमुखी तेल र रु दुई अर्ब ७१ करोड २६ लाख बराबरको चिया निर्यात भएको भन्सार विभागले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?