National life

पुस महिनामा हालसम्मकै उच्च परिमाणमा सुन आयात, ४ अर्ब बढीकोे लागत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० माघ २०८१, बिहिबार
572Shares
पुस महिनामा हालसम्मकै उच्च परिमाणमा सुन आयात, ४ अर्ब बढीकोे लागत
ncell

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१–८२ को पुस महिनामा उच्च परिमाणमा सुनको आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार पुस महिनामा मात्रै ४०० केजी १०१ ग्राम सुन वैधानिक रूपमा आयात भएको छ। मंसिरमा भने सुनको आयात निकै न्यून थियो ।

मासिक रूपमा यो नै हालसम्मको उच्च आयात हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मूल्यका आधारमा हेर्दा पुस महिना ४ अर्ब ६७ करोड तीन लाख ९८ हजार रुपैयाँको सुन आयात भएको छ। चालु आवको साउनमा १०० केजी सुन आयात भएको थियो ।

यता, भदौमा भने सुन आयात परिमाण शून्य रहेको छ । क्रमशः असोजमा ५० ग्राम मात्रै सुन आयात भएको छ भने कात्तिकमा ४३.४० केजी र मंसिरमा ५३ केजी सुन आयात भएको तथ्यांकमा उल्लेख छ। तर, पुसमा भने एकै पटक ४०० केजी भन्दा बढी परिमाणको सुन आयात भएको हो।

चालु आवको छ महिनामा ५८६ केजी सुन आयात भएको छ। यो अवधिमा ६ अर्ब ७१ करोड ६ लाख २४ हजार रुपैयाँको सुन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। यो गत आवको सोही अवधिको तुलनामा कम हो । गत आवको ६ महिनामा भने १० अर्ब ८५ करोड ३१ लाख रुपियाँको १३०२ केजी सुन आयात भएको थियो ।

सुनको मूल्य उच्च हुँदा विगतका महिनामा गरगहनाको माग कम भएको कारण पनि सुन आयात न्यून थियो। सरकारले गत मंसिरमा सुनमा लगाएको भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा सीमित राखेको छ। सुनको आयातमा लाग्ने भन्सार महसुल घटाएसँगै सुन आयातमा रौनक आएको हो । पुस महिनामा वाणिज्य बैंकहरुले ४०० केजी आयात गरेका छन् । भन्सार दर घटाउँदाको कारण पुसमा सुन आयात बढेको व्यवसायीहरू बताउँछन् ।

यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?