National life

पेट्रोल, डिजेलको मूल्यमा गिरावट, काठमाडौँ, पोखरा र दिपायलमा कति सस्तियो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असार २०८१, आइतबार
1.3kShares
पेट्रोल, डिजेलको मूल्यमा गिरावट, काठमाडौँ, पोखरा र दिपायलमा कति सस्तियो ?
ncell

काठमाण्डौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको नयाँ भाउ सार्वजनिक गरेको छ । नयाँ मूल्य अनुसार पेट्रोलमा लिटरको तीन र डिजेल तथा मट्टितेलमा लिटरको एक रुपैयाँले मूल्य घटेको हो ।

निगमका अनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा लिटरको एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एक सय ६४ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा एक सय ६५ रुपैयाँ कायम भएको छ।

त्यस्तैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गअन्तर्गतका ठाउँमा एक सय ४० रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत एक सय ५१ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत एक ५२ रुपैयाँ कायम गरिएको निगमले जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको भाउ भने यथावत् नै कायम रहेको छ ।  ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?