National life

पोखरा ग्रान्डमा सिटिजन लाइफको सिटिजन एनुअल बिज्नेस रिटृट २०८१’ सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ मंसिर २०८१, मङ्गलबार
600Shares
पोखरा ग्रान्डमा सिटिजन लाइफको सिटिजन एनुअल बिज्नेस रिटृट २०८१’ सम्पन्न
ncell

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित कार्यक्रम ‘Citizen Annual Business Retreat 2081’ पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीले आयोजना गरेको उक्त कार्यक्रम मंसिर १४ गतेदेखि १६ गते सम्म पोखरा स्थित होटेल “पोखरा ग्रान्ड” मा सम्पन्न भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस कार्यक्रममा देश भरिबाट २५० जनाको सहभागिता रहेको थियो । सिटिजन लाइफले आफ्नो कर्मचारी र अभिकर्ताहरूको लागि विभिन्न सीप विकास कक्षाहरू नियमित समयको अन्तरालमा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट विशेष प्रशिक्षण कक्षाहरू प्रदान गर्दै आएको छ र यसै सन्दर्भलाई निरन्तरता दिँदै सञ्चालन गरिएको यस कार्यक्रमको मुख्य उद्देश्य सिटिजन लिडर्सहरुलाई विभिन्न क्षेत्रहरूमा अझै ज्ञान प्रदान गर्न रहेको हुँदा, कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झा को उपस्थिति रहेको थियो ।

प्रशिक्षक झाले सिटिजन लिडर्स हरुको क्षमता तथा आत्मविश्वास अभिवृद्धिलाई मध्यनजर गर्दै; बिक्री कला विकास, व्यक्तित्व विकास, सञ्चार, पेशा प्रति आत्मविश्वास, व्यक्तिगत प्रस्तुति लगायत (MDRT) किन आवश्यक छ जस्ता विभिन्न कुराहरूको प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट सहभागिता जनाएका सिटिजन लिडर्सहरुले विविधतामा एकताको भावनालाई झल्काउँदै आफ्ना सांस्कृतिक पोशाक तथा मौलिक संस्कृतिमा नाच–गान गरेर कार्यक्रमलाई भव्य र उत्कृष्ट बनाएका थिए । यसका साथै कार्यक्रममा उपस्थित सहभागीहरूलाई ७ वटा हाउसमा विभाजित गरी टिम निर्माणका लागि मनोरञ्जनात्मक खेलहरू खेलाइएको थियो । यस कार्यक्रमका साथै सिटिजन लाइफका अभिकर्ताहरूले पोखराका विभिन्न पर्यटकीय क्षेत्रहरूको अवलोकन गरेर सो क्षेत्रका सामाजिक तथा आर्थिक वातावरणको बारेमा बुझ्ने मौका समेत पाएका थिए ।

एन्युअल बिजनेश रिट्रीट कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेस्डर मदन कृष्ण कृष्णा श्रेष्ठ र हरिवंश आचार्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल एवम् कम्पनीका प्रमुख मार्केटिङ अधिकृत भूषण रिमाल लगायत कम्पनीमा उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षित सहभागीहरूको क्षमता अभिवृद्धि हुने तथा व्यवसायमा सहयोग मिल्ने कम्पनीले विश्वास लिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उपस्थित सम्पूर्ण सिटिजन लिडर्र्सहरुको मिहिनेत र परिश्रमको कदर गर्दै आउँदो दिनहरुमा अझै व्यापार वृद्धि र व्यक्तिगत वृद्धिको उच्च सम्भाव्यता रहेको विचार प्रस्तुत गरेका थिए । सो कुरालाई मध्यनजर गर्दै, सुचारु गरिएको यस कार्यक्रमबाट उपस्थित सबै जनाले धेरै कुराहरूको ज्ञान प्राप्त गरेका र सिकेका कुराहरू आउने समयमा आधिकारिक र व्यक्तिगत जीवनमा काम लाग्ने आशा जगाएका थिए । यसै कार्यक्रममा 'Citizen earning' को उद्घाटन पनि गरिएको थियो । आगामी दिनहरूमा पनि यसै प्रकारका विभिन्न तालिम तथा शिक्षामूलक कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता जनाउँदै कार्यक्रम समापन भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
600SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?