काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड बनेको छ । गत शुक्रवार प्रतितोला ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला ३ हजार रुपैयाँले बढेर अल टाइम हाईको उचाइ कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
गत शुक्रवार छापावाला सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ५० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै अन्तर्राष्ट्रिय बजारमा समेत आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य प्रतिऔंस २५ सय डलरको आँकडा पार गर्दै नयाँ रेकर्ड कायम गरेको हो ।


































