National life

प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउदै खाद्य व्यवस्था कार्यालय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ माघ २०८०, बुधबार
1.2kShares
प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउदै खाद्य व्यवस्था कार्यालय
ncell

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय अछामले प्रतिव्यक्ति २५ किलो बराबर चामल उपलब्ध गराउने भएको छ ।

आज प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले कार्यालयबाट प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने जिल्ला खाद्य व्यवस्थापन समितिले निर्णय गरेको हो ।

हालसम्म प्रतिव्यक्ति २५ केजी बिक्री वितरण हुँदै आएकामा कम्पनीको प्रधान कार्यालय काठमाडौँबाट प्रतिव्यक्ति १० केजी मात्रै वितरण गर्ने भन्ने निर्देशन आएको प्रजिअ पोखरेलले जानकारी दिएका छन्।

“प्रतिव्यक्ति १० केजी मात्रै वितरण गर्दा समुदायको न्यूनतम आवश्यकता परिपूर्ति नहुने भएकाले यसअघि दिँदै आइएको प्रतिव्यक्ति २५ किलो वितरण गर्ने निर्णय गरेका छौँ”, समितिका अध्यक्ष समेत रहेका पोखरेलले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रजिअ पोखरेलले अहिले प्रादेशिक कार्यालयबाट दुई सय क्विन्टल मोटा चामल प्राप्त भएको जानकारी जनाएका छन्। कम्पनीको शाखा कार्यालयमा आर्थिक वर्ष २०८०-८१ को लागि प्रादेशिक कार्यालय धनगढीदेखि शाखा कार्यालय अछामसम्म स्वीकृत भएको कोटा दुई हजार क्विन्टल भएको जनाउँदै हालसम्म एक हजार पाँच सय क्विन्टल मात्र प्राप्त भएको उनको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?