National life

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एमाले र कांग्रेसले गरे ५०- ५० लाख सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० असोज २०८१, आइतबार
693Shares
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एमाले र कांग्रेसले गरे ५०- ५० लाख सहयोग
ncell

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले उक्त चेक हस्तान्तरण गरे ।

एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा रु ५० लाख र सांसदहरूको आधा महिनाको तलब बराबरको रकम प्रदान गर्ने निर्णय गरेको थियो । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ५० लाख हस्तान्तरण गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालिनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझाव पत्र तथा चेक हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताए ।

प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने  र यसको अगुवाइ सरकारले गर्ने बताएका छन्। उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट पारेका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
693SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?