National life

प्रभु क्यापिटल र आगन्तुक रिसोर्टबिच व्यवसायक विशेष छूट सम्झौता 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
1.3kShares
प्रभु क्यापिटल र आगन्तुक रिसोर्टबिच व्यवसायक विशेष छूट सम्झौता 
ncell

काठमाडौँ । प्रभु क्यापिटलले आफ्ना हित ग्राही ग्राहकको लागि एक विशेष छूटको अफर ल्याएको छ।

प्रभु क्यापिटल लिमिटेड र आगन्तुक रिसोर्टका बिचमा छूट अफरका लागि सम्झौता भएको छ । मङ्सिर २४ गते भएको उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा आगन्तुक रिसोर्टको तर्फबाट मार्केटिङ डाइरेक्टर सुरज विष्टले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा प्रभु क्यापिटलमा हित ग्राही खाता खोलेका ग्राहकहरूले आगन्तुक रिसोर्टबाट सेवा लिँदा सबै सेवाहरूमा १५ प्रतिशत छूट अफर पाउने भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हित ग्राही ग्राहकहरूले सम्झौता अवधिदेखि आगामी १ वर्ष अर्थात् २३ मङ्सिर २०८१ सम्मका लागि रिसोर्टमा यो छूट अफर पाउने छन् ।

अफरबाट लाभ लिने रिसोर्टमा प्रभु क्यापिटलमा आफ्नो डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफ्नो आईडी कार्ड देखाउनु पर्नेछ जसको आधारमा रिसोर्टले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ ।

धुलिखेल आउनुअघि बनेपा नगरपालिका, भ्यू टावर मार्ग, काभ्रेमा रहेको आगन्तुक रिसोर्ट काठमाडौँबाट झन्डै ३२ किलोमिटरमा ७२ रोपनीमा फैलिएको छ । चार वर्ष अघि मात्र स्थापना भएको यो रिसोट बुटिक स्टाईल ४ स्टार डिलक्स रिपोर्टका रूपमा उत्कृष्ट सेवा प्रदान गर्ने एक प्रमुख रिसोर्ट बनेको छ ।

हस्पिटयालिटी क्षेत्रमा गुणस्तरीय सेवा दिईरहेको भ्याली नजिकैको बस्न खान, सेमिनार, मिटिङ, फिटनेस सेन्टर, स्वीमिङ्गपुल सहितको सुविधा सम्पन्न यो रिसोर्ट कार्यक्रम तथा मनोरञ्जन गर्ने एक रमाइलो गन्तव्य स्थल बनेको छ ।

प्रभु क्यापिटलमा हित ग्राही खाता खोलेका ग्राहकहरूका लागि प्रभावकारी रूपमा मर्चेन्ट बैकिङ्ग सेवा दिनुका अतिरिक्त ग्राहकलाई थप सन्तुष्टि दिन क्यापिटलले समय समयमा यस्ता व्यावसायिक सम्झौता गरी यस्ता छूट तथा अफर सुविधा दिन समेत कम्पनी सधैँ अग्रसर रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?