National life

प्रभु बैंकको नाफा ४६.७० प्रतिशतले बढ्यो, ईपीएस कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ कात्तिक २०८०, शुक्रबार
649Shares
प्रभु बैंकको नाफा ४६.७० प्रतिशतले बढ्यो, ईपीएस कति ?
ncell

काठमाडाैं । प्रभु बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा बैंकले १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ७० करोड ५० लाख रुपैयाँ थियो। बैंकको नाफा ४६.७० प्रतिशतले बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकको वितरणयोग्य मुनाफा १६ करोड ३४ लाख रहेको छ। अघिल्लो वर्ष ३० करोड ९३ लाख रुपैयाँ थियो।

यो त्रैमासमा बैंकले १ अर्ब ५४ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ५१.३२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब १ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकले २ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ९२ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी २९.१५ प्रतिशतले बढेको छ।

त्यस्तै, बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर ३.९७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.६८ प्रतिशतमा सीमित थियो।

खराब कर्जा मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्जका लागि ७ करोड ९४ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्ज २३ करोड ७३ लाख रुपैयाँ थियो।

पहिलो त्रैमासमा बैंकले २ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ९.१० प्रतिशतले बढेर १० अर्ब ९३ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १० अर्ब २ करोड रुपैयाँ रहेको थियो।

त्यस्तै, बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १७.५७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २२.१९ रुपैयाँ रहेको थियो। पीई रेसियो ८.९३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४७.८२ रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
649SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?