National life

प्रभु बैंक र –याडिसन होटलबीच बिशेष छुट सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ साउन २०८१, मङ्गलबार
676Shares
प्रभु बैंक र –याडिसन होटलबीच बिशेष छुट सम्झौता
ncell

काठमाडौँ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लाजिम्पाट, काठमाडौँ स्थित –याडिसन होटल, काठमाण्डौं सँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ । –याडिसन होटल, काठमाण्डौं एक अन्तराष्ट्रिय होटल चेन अन्तर्गत बिगत दुई दशक भन्दा बढि समय देखि नेपालको पर्यटकिय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिईरहेको एक अग्रणि पाँच तारे होटल हो ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र मार्केटिङ्ग म्यानेजर सबिन राणा तथा –याडिसन होटल, काठमाण्डौंका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गाना द्धारा हस्ताक्षर गरीएको हो । सम्झौता अनुसार प्रभु बैँक लि।का कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरु मध्ये खाना, पेस्ट्री सप, ट्र«ानक्युलिटी स्पाका साथै –याडिसन होटल काठमाण्डौले संचालन गरेको विभिन्न रेस्टुरेन्टहरु बाट १० प्रतिशतदेखि २० प्रतिशतसम्म भुक्तानी छुट पाउनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?