National life

फेसबुकमार्फत ५३ करोड चोरेको आरोपमा पूर्व कर्मचारी दोषी ठहर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ पुस २०८०, आइतबार
439Shares
फेसबुकमार्फत ५३ करोड चोरेको आरोपमा पूर्व कर्मचारी दोषी ठहर
ncell

सामाजिक सञ्जालको माध्यम फेसबुकबाट ५३ करोड ४० लाख रुपैयाँ अर्थात ४ मिलियन अमेरिकी डलर चोरेको आरोपमा पूर्व कर्मचारी दोषी ठहर भएकी छिन् ।

एजेन्सीका अनुसार फेसबुककी पूर्व कर्मचारी बारबरा फुरलो स्माईल्सलाई ५३ करोड ४० लाख रुपैयाँ चोरीमा दोषी पाईएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

बारबरा फेसबुकको स्रोत समूह तथा विविधतासम्बन्धित शाखामा प्रमुखका रुपमा कार्यरत थिइन् । प्रमुख रणनीतिज्ञका रुपमा रहेकी उनले तत्कालिन फेसबुक इन्कमा सन् २०१७ को जनवरीबाट सन् २०२१ को सेप्टेम्बरसम्म काम गरेकी थिइन् ।

अमेरिकी अदालतले उनलाई दोषी ठहर गरेको हो ।आफ्नो पदको दुरुपयोग गर्दै लाखौं रुपैया उनले चोरी गरेको अदालतले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले फेसबुकबाट चोरी गरेको पैसाले अमेरिकाको क्यालिफोर्निया र जर्जियामा महंगो जीवनशैली विताएकी थिइन् । उनले नक्कली बिलबिजक बनाएर त्यसबाट कम्पनीको पैसा चोरी गरेको बताइएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
439SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?