National life
cg eloctronics

बङ्गलादेशसँग आगामी वर्षा यामदेखि विद्युत् निर्यात गर्ने सहमति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ फागुन २०८०, शुक्रबार
588Shares
बङ्गलादेशसँग आगामी वर्षा यामदेखि विद्युत् निर्यात गर्ने सहमति
muktinatha bikash bank

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बिचको विद्युत् बिक्री वार्ता सकारात्मकताका साथ अगाडि बढेको छ।

आगामी वर्षा यामदेखि बङ्गलादेशमा विद्युत् निर्यात गर्ने गरी नेपाल प्राधिकरण र बिपिडिबीबीच सहमति भएको हो । दुवै पक्षबिच जतिसक्दो छिटो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बङ्गलादेशको ढाकामा भएको सहमति वार्तामा विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदाबारे विस्तृत रूपमा छलफल भएको र यसलाई अन्तिम रूप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताएँ ।

विद्युत् बिक्री सम्झौता पाँच वर्षको गर्न लागिएको बताइएको छ । नेपालले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तर देशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत् निर्यात गर्ने गरी सम्झौता हुने प्राधिकरणले जनाएको छ ।

“बिपिडिबीले त्यहाँको नियमन कानुनबमोजिम हामीसँग माग गरे अनुसार विद्युत् बिक्रीको परिणामसहितको बोलपत्र पेश गरेका थियौँ, हामीले पेश गरेको प्रस्ताव र सम्झौतामा राखिने बुँदाबारे विस्तृत रूपमा छलफल गर्यौंँ”, कार्यकारी निर्देशक घिसिङले भने

everest bank
यो समाचार शेयर गर्नुहोस्
588SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?