National life

बजेट निर्माणमा जनतासँग जोडिएका सांसदहरूको भरोसा गर्न अर्थमन्त्रीलाई सांसद ज्वालाको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ चैत २०८०, बुधबार
1.4kShares
बजेट निर्माणमा जनतासँग जोडिएका सांसदहरूको भरोसा गर्न अर्थमन्त्रीलाई सांसद ज्वालाको आग्रह
ncell

काठमाडौँ। सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदको भरोसा गर्न आग्रह गरेका छन् ।

सांसद ज्वालाले विज्ञ भने पनि, सल्लाहकार भने पनि, जनतासँग जोडिएको व्यक्ति सांसदहरू भएकाले बजेट निर्माणमा सांसदहरूलाई भरोसा गरेर सरकारले बजेट ल्याउनुपर्ने बताएका हुन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले योजना निर्माणमा पनि सांसदहरूको सुझावलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद ज्वालाले सरकारले मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र समृद्धिको चाहनालाई तीव्रता दिने गरी बजेट ल्याउने अपेक्षा समेत गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ बजेट परम्परा तोड्ने खालको हुने भन्दै आएको उल्लेख गर्दै सोही अनुसार आउनेमा आफूहरू आशावादी रहेको बताए ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?