National life

बडादसैँमा कुमारी बैंकको ‘क्यास ब्याक तथा दक्षिणा’ योजना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०३ कात्तिक २०८०, शुक्रबार
744Shares
बडादसैँमा कुमारी बैंकको ‘क्यास ब्याक तथा दक्षिणा’ योजना
ncell

काठमाडाैं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडादसैँलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित सार्वजनिक गरेको ‘बडादसैँ दक्षिणा’ र ‘क्यास ब्याक अफर’ योजनालाई थप समयका लागि निरन्तरता दिएको छ।

नेपाली बैंकिङ क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंककोे ‘क्यास ब्याक अफर’ योजनाले महान चाड दसैँको हर्षोल्लासलाई थप अभिवृद्धि गर्नेछ। यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङमार्पmत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०–५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपयाँसम्म क्यास ब्याक दिइनेछ। क्यास ब्याक रकम पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चाडबाडको यस अवसरमा कुमारी बैंकले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धतास्वरुप उपरोक्त सुविधाहरु आगामी कात्तिक ६ देखि कात्तिक ११ गतेसम्मका लागि समेत निरन्तर रहने जनाएको छ।

यसका साथै कुमारी बैंकले बडादसैँको विशेष दिन विजयादशमीका दिन आफ्ना ग्राहकलाई थप आकर्षक सुविधासहित ‘क्यास ब्याक अफर’सँगै ‘बडादसैँ दक्षिणा’ योजनासमेत सार्वजनिक गरेको छ।

यस योजनामा कात्तिक ७ गते विजयादशमीका दिन मोबाइल बैंकिङमार्पmत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १ हजार ४०० जना ग्राहकलाई बैंकद्वारा रु. ५० क्यास ब्याक दिइने जनाएको छ। क्यास ब्याकका लागि योग्य हुन न्यूनतम कारोबार रु. १०० हुनुपर्ने बैंकले जनाएको छ।

दुवै अफरहरु बिहान ८ बजेदेखि राति ११ः ५९ बजेसम्म गरिएका कारोबारमा लागू हुने बैंकले स्पष्ट पारेको छ।

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालयबाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटीएम र ६४ शाखारहित बैंकिङ इकाइसहितको आफ्नो बृहत सञ्जालसहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
744SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?