National life

बागमती प्रदेशमा राजस्व सङ्कलनमा गिरावट, अपेक्षा भन्दा ३ अर्ब कमी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ भदौ २०८१, बिहिबार
1.5kShares
बागमती प्रदेशमा राजस्व सङ्कलनमा गिरावट, अपेक्षा भन्दा ३ अर्ब कमी
ncell

काठमाडौं । – बागमती प्रदेश सरकारको राजस्व संकलनमा कमी आएको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन करमा कमी आएको हो।

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको गिरावटसँगै प्रदेश सरकारले ती शीर्षकमा सङ्कलन गर्ने राजस्व समेत प्रभावित भएको हो ।

घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दुवै शीर्षकबाट आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब राजस्व सङ्कलन हुने अनुमान गरिएकामा ११ अर्ब ६० करोड ७६ लाख ५० हजार रूपैयाँ मात्र राजस्व सङ्कलन भएको बागमती प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद उपाध्यायको भनाई छ ।

उनका अनुसार सो आवमा घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट छ अर्ब ७५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यसको करिब ८१ दशमलव ३२ प्रतिशत अर्थात् पाँच अर्ब ४८ करोड ९३ लाख ३८ हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै, प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट परमिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत आव २०८०/८१ मा अनुमानभन्दा १६ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ ।

उक्त शीर्षकमा सात अर्ब २५ करोड राजस्व सङ्कलनको अनुमान गरेकामा छ अर्ब ११ करोड ५७ लाख ३८ हजार राजस्व सङ्कलन भएको प्रमुख उपाध्यायले बताए । यस्तै, प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत सात अर्ब ७९ करोड ८८ लाख प्राप्त हुने अनुमान गरिएकामा छ अर्ब ७५ करोड ३७ लाख सङ्कलन भएको छ भने अन्तःशुल्क करबापत रु तीन अर्ब ३४ करोड २३ लाख रूपैयाँ प्राप्त हुने अनुमान गरिएकामा दुई अर्ब ३२ लाख १२ हजार रूपैयाँ मात्र प्राप्त भएको सो कार्यालयले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?