National life

 बीमितलाई दाबी भुक्तानी लिन शिखर इन्स्योरेन्सको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ जेठ २०८१, बिहिबार
976Shares
 बीमितलाई दाबी भुक्तानी लिन शिखर इन्स्योरेन्सको आग्रह
ncell

काठमाण्डौ। बीमा दाबी भुक्तानी लिन बाँकी रहेका बीमितहरुलाई शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी भुक्तानी लिन आग्रह गरेको छ।

गत फागुन १६ गतेदेखि जेठ १५ गतेसम्म परेका दाबी निवेदन तथा दाबीहरु सम्बन्धमा बीमित वा बीमितको प्रतिनिधिबाट दाबी निबेदन प्राप्त भई हालसम्म दाबी मूल्यांकनका लागि आवश्यक कागजात प्राप्त नभएको तथा बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा नआएकाले आवश्यक कागजातसहित सम्पर्कमा आउन कम्पनीले आग्रह गरेको हो ।

कम्पनीले यस्ता बीमितहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजसहित कम्पनीको केन्द्रीय दाबी विभाग,प्रादेशिक कार्यालयहरु,शाखाहरु र कम्पनीबाट सम्बन्धित दाबीमा खटाइएका सर्भेयरहरुलाई सम्पर्क गरी आवश्यक कागजात बुझाई आफूले गरेको दाबी लिन आग्रह गरेको छ ।

साथै कम्पनीबाट हालसम्म बीमितका नाममा दाबी फर्र्छौट पुर्जामा सहि छाप गरी दाबी फर्र्छौट पुर्जा कम्पनीमा प्राप्त नभएमा तथा सम्पर्कमा नआएमा सम्बन्धित व्यक्तिको दाबी फाइल बन्द गरिने कम्पनीको जानकारी छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
976SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?