National life

प्रथम व्यवसाय वृद्धिमा आइएमई लाइफ पहिलो, हेरौँ अन्य कम्पनीको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ मंसिर २०८०, बुधबार
775Shares
प्रथम व्यवसाय वृद्धिमा आइएमई लाइफ पहिलो, हेरौँ अन्य कम्पनीको कति ?
ncell

काठमाडौँ । अहिले सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीहरूले कात्तिक महिनासम्ममा आठ अर्ब ६२ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेका छन्।

जीवन बिमा कम्पनीहरूले गत आर्थिक वर्षको कात्तिक महिनामा नौ अर्ब ११ करोड रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेका थिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बिमा कम्पनीहरूको प्रथम बिमा शुल्क आर्जन करिब ५.४१ प्रतिशतले घटेको तथ्याङ्कमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कात्तिक महिनासम्ममा नेपाल लाइफले सबैभन्दा बढी प्रथम बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले कात्तिक महिनासम्ममा कुल २ अर्ब ११ करोड रुपैयाँ बराबरको नयाँ बिमा शुल्क आर्जन गरेको हो । गत कात्तिक महिनाको सोही अवधिमा कम्पनीको प्रथम बीमाशुल्क आर्जन १९ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल लाइफले बिमा शुल्क आर्जनमा शीर्ष स्थानमा रहेपनि व्यवसाय वृद्धिको आधारमा भने आइएमई लाइफ अग्रस्थानमा रहेको छ, निरन्तर रुपमा ९ कम्पनीको बिमा शुल्क घाटामा रहेको अवस्थामा आईएमई लाइफ २८.१५ प्रतिशत सहित अग्र भागमा रहेको छ । त्यसैगरि आईएमई लाई पछ्याउँदै दोस्रो स्थानमा १९.२० प्रतिशत सहित नेपाल लाइफ ईन्सोरेन्स  देखिएको छ भने १६.१४ प्रतिशत व्यवसायकी वृद्धि सहित नेशनल ईन्सोरेन्स तेस्रो स्थानमा रहेको छ ।

नयाँ व्यवसाय वृद्धिको आधारमा अग्रस्थानमा देखिएको आइएमई लाइफले कात्तिक महिनासम्ममा कम्पनीको प्रथम बिमा शुल्क २८.१५ प्रतिशतले वृद्धि भई ३१ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, नेशनल लाइफले कात्तिक महिनासम्ममा कुल १ अर्ब २५ करोड रुपैयाँ बराबरको नयाँ व्यवसाय आर्जन गरेको छ । गत कात्तिक महिनाको तुलनामा कम्पनीको नयाँ व्यवसाय १६ दशमलव १४ प्रतिशतले बढेको पाएको छ ।

एलआइसी नेपालले ६७ करोड ६४ लाख रुपैयाँको नयाँ बिमा व्यवसाय आर्जन गरेको छ । गत कात्तिक महिनाको तुलनामा कम्पनीको नयाँ व्यवसाय आर्जन ० दशमलव ४० प्रतिशतले घटेको तथंकमा उल्लेख छ।

त्यस्तै, हिमालयन लाइफले कात्तिक महिनासम्ममा ६२ करोड ६३ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय आर्जन गरेको छ। कम्पनीले गत कात्तिक महिनासम्ममा ७४ करोड ७ लाख रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेको थियो । जुन १५ प्रतिशतले कम हो । सूर्य ज्योति लाइफले कात्तिक महिनासम्ममा ३३ करोड ८५ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय आर्जन गरेको छ ।

आकडामा हेर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
775SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?