काठमाडौँ। नेपाल बिमा प्राधिकरणको सञ्चालक समिति सचिवको जिम्मेवारी निर्देशक दिनेश कुमार लाललाई दिने निर्णय भएको छ ।
प्राधिकरण अध्यक्ष सूर्य प्रसाद सिलवालले सञ्चालक समितिको सचिव पदमा निर्देशक लाललाई जिम्मेवारी तोक्ने निर्णय गरेका बताएका छन् । गत शुक्रवारदेखि कार्यकारी निर्देशक राजु रमण पौडेल अनिवार्य अवकाशमा गएपछि सञ्चालक समिति पनि सचिव विहीन बन्न पुगेको थियो ।
अध्यक्ष सिलवालले लाललाई सञ्चालक समितिको सचिवको जिम्मेवारी र पदपूर्ति समितिको सचिवको जिम्मेवारी तोकेको बिमा प्राधिकरणले जनाएको छ ।

































