National life

बीआरआई अन्तर्गतका परियोजनामा अनुदान रकम मात्रै स्वीकार्छौ : नेपाली कांग्रेस

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ मंसिर २०८१, सोमबार
735Shares
बीआरआई अन्तर्गतका परियोजनामा अनुदान रकम मात्रै स्वीकार्छौ : नेपाली कांग्रेस
ncell

काठमाडौँ । नेपाली कांग्रेसले बीआरआई अन्तर्गतको सहमति अन्तर्गत परियोजनाहरु सञ्चालन गर्दा शर्तसहितको ऋण नलिने जनाएको छ ।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यासम्पादन समितिको बैठकले बीआरआई अन्तर्गत अनुदान रकम मात्र स्वीकार्ने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको एड फाइनान्सिङ ऋणमात्र नभएर अनुदान समेत हुने भन्दै अनुदानमात्र स्वीकार्ने पहिलादेखिकै कांग्रेसको दृष्टिकोणमा परिवर्तन नभएको ठहर बैठकले गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रकाशशरण महतले बीआरआई सहमतिमा ग्राण्ड फाइनान्सिङको ठाउँमा एड फाइनान्सिङमा भनेर सहमति भएको भन्दै त्यसअन्र्तगत पनि अनुदानबाट परियोजना सञ्चालन गर्न सकिने बताए ।
उनले बीआरआई सहमति भएपनि पछि छुट्टाछुट्टै परियोजनामा पुन सहमति आवस्यक रहेको भन्दै त्यस्तो बेला गरिने सहमतिमा नेपालले ऋणबाट नभएर अनुदानका योजनामात्र स्वीकार गर्ने बताए ।

उनले बीआरआई अन्तर्गत मात्र नभएर कुनै पनि देश र दातृ निकायका ऋण नेपालले स्वीकार गर्न सक्ने अवस्था नभएको भन्दै पोखरा विमानस्थल पनि ऋणमा बनेकाले त्यसको प्रतिफल लिन नसकिएको बताए ।

यो समाचार शेयर गर्नुहोस्
735SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?