काठमाडौं । गत आर्थिक वर्षबाट संचालनमा आएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्य जो कोहीले आवेदन गर्न सक्ने गरी कर्मचारी माग गरिएको हो ।
लाइफ इन्स्योरेन्सले बजार व्यवस्थापकका लागि केही संख्यामा कर्मचारी माग गरेको छ भने इच्छुकले विभिन्न शाखा,उपशाखा तथा एक्सटेन्सन काउन्टरहरुको लागि आवदेन दिन सक्ने छन् । त्यसरी माग गरिएका कर्मचारीहरुले आफूलाई पाएक पर्ने २४ जिल्लामा आवेदन दिन सक्नेछन् ।

































