National life

बेमौसमी वर्षाका कारण सुकाएको धान बालीमा क्षति, किसान निराशामा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० कात्तिक २०८१, मङ्गलबार
1.1kShares
बेमौसमी वर्षाका कारण सुकाएको धान बालीमा क्षति, किसान निराशामा
ncell

काठमाडौँ । सोमबार साँझ परेको बेमौसमी वर्षाका कारण बाँकेमा काटेर खेतमै सुकाएको धान बालीमा क्षति पुगेको छ ।

भित्र्याउन ठिक्क पारेको धान वर्षाको कारण बाला रुझाएको छ भने काट्नलाई तयार बनेको धान खेतमा नै झारिदिएको छ। वर्ष दिनसम्म खाने धान बाली वर्षाले भिजाएर क्षति पुर्‍याएपछि स्थानीय किसान निराश भएका छन् ।

केही दिनदेखि मौसम पूर्ण रूपमा नखुलेका बेला डराइडराई धान काटेका किसानलाई वर्षाले निराश पारेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बेमौसमी वर्षाले धान स्याहार्न नपाएका स्थानीय किसानलाई चिन्तित बनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख वरिष्ठ कृषि अर्थ विज्ञ विनोद घिमिरेले बेमौसमी वर्षाले काटेको धानमा ठुलो क्षति पुर्‍याएको बताए ।

‘अचानक परेको पानीले अन्य बालीमा असर नपुगे पनि काटेको धानलाई क्षति पुर्‍याएको छ, के कति क्षति भयो भन्ने तथ्याङ्क सङ्कलनमा लागेका छौँ’ उनले भने,’बाँकेमा छिटो पाक्ने धान किसानले स्याहारिसकेका छन्, ढिलो पाक्ने धान भित्र्याउने बेला क्षति पुगेको छ। यो क्षतिको विषयमा हामी सल्लाह गरिरहेका छौ । ’

करिब ६० प्रतिशत बढी किसानले धान बाली भित्र्याइसकेको अनुमान रहेको घिमिरेलेको भनाई छ । बाँकेमा यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएकामा बेमौसमी वर्षाले धान बालीमा क्षति पुर्‍याएपछि किसानमा निराशा छाएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?