National life

बेमौसमी वर्षा : दुई अर्बभन्दा बढीको क्षति

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२३ कात्तिक २०८२, आइतबार
1.2kShares
बेमौसमी वर्षा : दुई अर्बभन्दा बढीको क्षति
ncell

काठमाडौँ । अविरल वर्षाबाट कोशी प्रदेशमा कूल २ अर्ब पाँच करोड ४३ लाख ६७ हजार रुपैयाँ मूल्य बराबरको धानमा क्षति भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । कोशी प्रदेशमा कात्तिकको पहिलो हप्तादेखि १७ गतेसम्म अविरल वर्षा भएको थियो ।

जसमा अविरल वर्षाकै कारण सुनसरीमा २०० हेक्टर जग्गामा लगाइएको दुई हजार मेट्रिक टन अर्थात् रु चार करोड बराबरको तरकारीमा क्षति पुगेको निर्देशनालयका सूचना अधिकारी पूर्णमाया गुरुङले जानकारी दिइन् ।

सूचना अधिकारी गुरुङका अनुसार झापामा चार हजार ३६४ हेक्टर, मोरङमा तीन हजार ४२१ हेक्टर, सुनसरीमा दुई हजार ८५१ हेक्टर, उदयपुरमा ३२३ हेक्टर, इलाममा २६८ हेक्टर, पाँचथरमा १४४ हेक्टर, ताप्लेजुङमा १२० हेक्टर, धनकुटामा ११८ हेक्टर, तेह्रथुममा १५७ हेक्टर, भोजपुरमा २५० हेक्टर, खोटाङमा २०० हेक्टर, ओखलढुङ्गामा ७६ हेक्टर, सोलुखुम्बुमा १५ हेक्टर र सङ्खुवासभामा १२५ हेक्टर जग्गामा लगाइएको धानबालीमा वर्षाले क्षति पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कोशी प्रदेशमा कूल दुई लाख ६८ हजार ७६५ हेक्टर जग्गामा धानबाली लगाइएको थियो जसमा १२ हजार ४३२ हेक्टर धानबाली र २०० हेक्टर तरकारी बालीमा बेमौसमी वर्षाले क्षति पुर्‍याएको जनाइएको छ ।

जिल्लागत रूपमा मोरङमा ७८ करोड ११ लाख ५६ हजार रुपैयाँ, सुनसरीमा ४५ करोड ३१ लाख ७२ हजार रुपैयाँ, उदयपुरमा चार करोड रुपैयाँ, उदयपुरमा चार करोड ६२ लाख ५३ हजार रुपैयाँ, इलाममा तीन करोड २१ लाख ४१ हजार रुपैयाँ, पाँचथरमा एक करोड २२ लाख १७ हजार रुपैयाँ, ताप्लेजुङमा एक करोड २२ लाख ४३ हजार रुपैयाँ, धनकुटामा एक करोड ३९ लाख ४० हजार रुपैयाँ, तेह्रथुममा एक करोड ३३ लाख २० हजार रुपैयाँ, भोजपुरमा दुई करोड ६४ लाख ९२ हजार रुपैयाँ, खोटाङमा एक करोड ६१ लाख १० हजार रुपैयाँ, ओखलुढुङ्गामा ६८ लाख दुई हजार रुपैयाँ, सोलुखुम्बुमा १४ लाख ६६ हजार रुपैयाँ र सङ्खुवासभामा एक करोड ११ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरको धानबालीमा नोक्सानी भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?