National life

बाढीले निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा क्षति, दुई मजदुर बेपत्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ साउन २०८१, बुधबार
1.4kShares
बाढीले निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा क्षति, दुई मजदुर बेपत्ता
ncell

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीले भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ ।

बाढीले आयोजनामा क्षति पुग्नुका साथै सोही आयोजनामा कार्यरत दुई मजदुरलाई बगाउँदा हालसम्म बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ ।

बेपत्ता हुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेका छन् । यस्तै बाढीमा परेका २६ वर्षीय राम किसन थारूको भने उद्धार गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ भने बेपत्ता भएकाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?