National life

अविरल वर्षाका कारण पहिलो जाँदा भिन्नाभिन्नै ठाउँमा ६ जनाको मृत्यु , केही अझै बेपत्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ असार २०८१, बुधबार
620Shares
अविरल वर्षाका कारण पहिलो जाँदा  भिन्नाभिन्नै ठाउँमा ६ जनाको मृत्यु , केही अझै बेपत्ता
ncell

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले लमजुङमा घर बगाउँदा ४ जना बेपत्ता भएका छन् ।

जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ मा गए राति गएको पहिरोले तीन वटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ ।

पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको र हाल नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीयको सहयोगमा बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त घटनामा एक जना घाइते भएका छन् ।

कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो । गए राति नै पोखरा महानगरपालिका–२७ आरु पाटामा ३१ वर्षीय हरि सुनारको घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ । उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी प्रहरीले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?