National life

बैंकर्स सङ्घको अध्यक्षमा कोइराला नियुक्त, हालसम्म क–कसले गरे सङ्घको नेतृत्व ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ पुस २०८१, बुधबार
706Shares
बैंकर्स सङ्घको अध्यक्षमा कोइराला नियुक्त, हालसम्म क–कसले गरे सङ्घको नेतृत्व ?
ncell

काठमाडौं । वाणिज्य बैङ्कहरूको संस्था नेपाल बैंकर्स सङ्घको अध्यक्षमा सन्तोष कोइराला चयन भएका छन् । सर्वसम्मत सहमतिमा सङ्घको अध्यक्षमा निर्वाचित भएका कोइराला माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत हुन् ।

अध्यक्षमा नियुक्त हुन लागेका कोइराला सङ्घको २१ औँ अध्यक्ष हुन् । उनि भन्दा पहिले सङ्घको अध्यक्षको रूपमा एनएमबी बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीले काम गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले सन् २०२३ को जनवरी ११ मा सङ्घको नेतृत्व सम्हालेका थिए । त्यसअघि कृषि विकास बैङ्कका सिइओ अनिल कुमार उपाध्यायले काम गरेका थिए । उनले सन् २०२१ देखी २०२२ सम्म सङ्घको अध्यक्ष पदमा रहेर काम गरेका थिए । यसअघि सन् २०२० देखी २०२१ सम्म सानिमा बैङ्क लिमिटेडका सिइओ भुवन दाहालले सङ्घको नेतृत्व गरेका थिए ।

यस्तै बैंकर्स सघका अनुसार सन्२०१८ देखी २०२० सम्म नेपाल बङ्गलादेश बैङ्कका सिइओ ज्ञानेन्द्र प्रसाद ढुङ्गाना, २०१६ देखी १७ सम्म तत्कालीन मेगा बैङ्क लिमिटेडका सिइओ अनिल कुमार शाह, २०१४ देखी २०१६ सम्म एनएमबी बैङ्कका सिइओ उपेन्द्र पौडेलले सङ्घको अध्यक्षका रूपमा काम गरिसकेका छन् ।

सन् २०१२ देखी २०१४ सम्म सिटजन बैङ्कका सिइओ राजन सिंह भण्डारीले सङ्घको नेतृत्व गरेका थिए भने २०११ देखि २०१२ सम्म हिमालयन बैङ्क लिमिटेडका सिइओ अशोक राना, २००९ देखी ११ सम्म एनआइसी एसिया बैङ्कका सिइओ सहिन जोशी, २००५ देखी २००९ सम्म तत्कालीन बैङ्क अफ काठमान्डुका सिइओ राधेश पन्त र सन् २००४ देखी २००५ सम्म राष्ट्रिय वाणिज्य बैङ्कका पूर्णकालीन अध्यक्ष वासुदेवराम जोशीले पनि सङ्घको नेतृत्वमा रहेर काम गरिसकेका छन् ।

यस्तै सन् २००१ देखी २००२ सम्म नेपाल बंगलादेश बैङ्कका प्रबन्ध निर्देशक नरेन्द्र भट्टराई, सन् २००० देखी २००१ सम्म तत्कालिन नेपाल अरब बैङ्कका कार्यकारी निर्देशक डी.सी. खन्ना, सन् १९९५ देखी २००० सम्म हिमालयन बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पृथ्वी बहादुर पाण्डे र सन् १९९४ देखी १९९५ सम्म राष्ट्रिय वाणिज्य बैङ्कका कार्यकारी अध्यक्ष जी.पी न्यौपानेले पनि सङ्घको अध्यक्ष भएर काम गरिसकेका छन् ।

यसका साथै राष्ट्रिय वाणिज्य बैङ्ककै तत्कालीन कार्यकारी अध्यक्ष राजेश्वर आर्चायले सन् १९९३ देखी १९९४ सम्म, वाणिज्य बैङ्ककै तत्कालीन कार्यकारी अध्यक्ष तिलक रावलले सन् १९९२ देखी १९९३ सम्म र १९९० देखी १९९२ सम्म कृषि विकास बैङ्कका तत्कालीन महाप्रबन्धक एस.के. उपाध्याय, सन् १९८९ देखी १९९० सम्म तत्कालीन नेपाल अरब बैङ्कका कार्यकारी निर्देशक जी.एस. श्री वास्तव, सन् १९८८ देखी १९८९ सम्म नेपाल बैङ्क लिमिटेडका तत्कालीन कार्यवाहक महाप्रबन्धक बी.एम.एस. प्रधान र सन् १९८६ देखी सन् १९८८ सम्म नेपाल बैङ्क ली. महाप्रबन्धक आनन्द बी राजभण्डारीले बैंकर्स सङ्घको अध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।

नेपालमा सञ्चालित खास गरी वाणिज्य बैङ्कहरूलाई थप प्रभावकारी बनाउन तथा बैङ्कहरूको कारोबारमा देखिने समस्याहरूको पहिचान गरी समाधान गर्नका लागि २०३४ अन्तर्गत सङ्घको स्थापना गरिएको हो । नेपालमा प्रभावकारी बैङ्किङ कारोबार मार्फत सर्वसाधारणलाई छिटो–छरितो र उपयोगी बैङ्किङ सेवा उपलब्ध गराउनका लागि आवश्यक नीति, कार्यविधि र प्रविधि अवलम्बन गरी कार्यान्वयन गर्ने मुख्य लक्ष्य सङ्घले राखेको छ ।

यस्तै बैङ्किङ व्यवसाय तथा गतिविधिका सम्बन्धमा सङ्घका सदस्यहरूलाई सहयोग र विभिन्न सुझाव दिने, आवश्यक बैङ्किङ नीति तर्जुमा र बैङ्किङ कारोबारमा समयानुकूल सुधार गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कलाई समय समयमा सुझाव दिने काम पनि सङ्घले गर्दै आएको छ ।

बैंकर्स सङ्घमा देशभरि सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैङ्कहरू आबद्ध भएका छन् । जसमा नबिल बैङ्क, ग्लोबल आईएमई बैङ्क, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, प्राइम कमर्शियल बैङ्क, एनएमबि बैङ्क, एभरेस्ट बैङ्क, कुमारी बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, नेपाल एसबीआई बैङ्क, हिमालयन बैङ्क, नेपाल बैङ्क, लक्ष्मी बैङ्क, माछापुच्छ्रे बैङ्क, सानिमा बैङ्क, सिद्धार्थ बैङ्क, सिटिजन्स बैङ्क, कृषि विकास बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, प्रभु बैङ्क र एनआईसी एसिया बैङ्क रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
706SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?