National life

बैंकहरुको औसत आधार दर घट्यो , कुन क्षेत्रमा कति कर्जा लगानी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ साउन २०८१, शुक्रबार
635Shares
बैंकहरुको औसत आधार दर घट्यो , कुन क्षेत्रमा कति कर्जा लगानी ?
ncell

काठमाडौँ । केन्द्रीय बैंकले अल्पकालीन ब्याजदरसँगै बैंकिङ्ग प्रणालीका अन्य ब्याजदर पनि घटेको जनाएको छ । २०८० जेठमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.१८ प्रतिशत, विकास बैंकहरुको १२.४७ प्रतिशत र वित्त कम्पनीहरूको १३.५५ प्रतिशत रहेकोमा २०८१ जेठमा औसत आधार दर क्रमशः ८.१७ प्रतिशत, ९.९६ प्रतिशत र ११.४६ प्रतिशत कायम भएको राष्ट्रबैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले २०८० जेठमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.९९ प्रतिशत, विकास बैंकहरुको ९.४५ प्रतिशत र वित्त कम्पनीहरूको १०.१८ प्रतिशत रहेकोमा २०८१ जेठमा निक्षेपको भारित औसत ब्याजदर क्रमशः ६.१७ प्रतिशत, ७.०७ प्रतिशत र ८.२८ प्रतिशत कायम भएको जनाएको हो ।

त्यसैगरी, २०८० जेठमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.५३ प्रतिशत, विकास बैंकहरुको १४.४७ प्रतिशत र वित्त कम्पनीहरूको १५.०६ प्रतिशत रहेकोमा २०८१ जेठमा कर्जाको भारित औसत ब्याजदर क्रमशः १०.१५ प्रतिशत, ११.६३ प्रतिशत र १२.८५ प्रतिशत कायम भएको बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

राष्ट्र बैंकका अनुसार २०८१ जेठ मसान्तमा वाणिज्य बैंकहरुबाट लगानीमा रहेको कुल कर्जामध्ये कृषि क्षेत्रमा १३.२ प्रतिशत अर्थात् रु ५८२ अर्ब ४९ करोड, ऊर्जा क्षेत्रमा ७.९ प्रतिशत अर्थात् रु ३५० अर्ब ७४ करोड र लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा ९.२ प्रतिशत अर्थात् रु ४०७ अर्ब २८ करोड रहेको छ ।

त्यस्तै, विकास बैंकहरुबाट कृषि, लघु, घरेलु तथा साना उद्यम÷व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा कुल कर्जाको २६.० प्रतिशत अर्थात् रु १२५ अर्ब ८३ करोड र वित्त कम्पनीहरूबाट २१.६ प्रतिशत अर्थात् रु १९ अर्ब ३८ करोड कर्जा लगानीमा रहेको छ । यस्तै वाणिज्य बैंकहरुबाट प्रवाह भएको कुल कर्जा सापटमध्ये २०८१ जेठ मसान्तमा औसत ५.७९ प्रतिशत अर्थात् रु २६३ अर्ब ७ करोड कर्जा विपन्न वर्गमा प्रवाह भएको छ ।

त्यसैगरी, विकास बैंकहरुबाट ८.१६ प्रतिशत अर्थात् रु ४० अर्ब ३१ करोड र वित्त कम्पनीहरूबाट ६.७० प्रतिशत अर्थात् रु ६ अर्ब ५८ करोड कर्जा विपन्न वर्गमा प्रवाह भएको बैंकले जनाएको छ । सरकारबाट ब्याज अनुदान प्रदान गर्नेगरी उपलब्ध गराइएको सहुलियतपूर्ण कर्जामध्ये २०८१ जेठ मसान्तमा १ लाख २३ हजार ६ सय ५६ ऋणीलाई प्रवाह भएको रु १३४ अर्ब ७६ करोड कर्जा लगानीमा रहेको छ ।

सरकारबाट ब्याज अनुदान प्रदान गर्ने गरी उपलब्ध गराइएको सहुलियतपूर्ण कर्जामध्ये २०८१ जेठ मसान्तमा १ लाख २३ हजार ६ सय ५६ ऋणीलाई प्रवाह भएको रु १३४ अर्ब ७६ करोड कर्जा लगानीमा रहेको छ । उक्त कर्जामध्ये व्यावसायिक कृषि तथा पशुपालनमा ४८ हजार १४२ ऋणीलाई रु ९२ अर्ब ६ करोड र ७३ हजार ३८५ महिला उद्यमीहरूलाई रु ४० अर्ब ९२ करोड कर्जा लगानीमा रहेको बैंकले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?