National life

बैंकिङ्ग निक्षेप र कर्जा प्रवाहमा वृद्धि, अन्तर बैंक ब्याजदर २.९२ % कायम

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ पुस २०८१, शुक्रबार
914Shares
बैंकिङ्ग निक्षेप र कर्जा प्रवाहमा वृद्धि, अन्तर बैंक ब्याजदर २.९२ % कायम
ncell

काठमाडौँ – केन्द्रीय बैंकको एक तथ्याक अनुसार बैंकिङ्ग निक्षेप र कर्जा प्रवाह दुवैमा वृद्धि भएको छ । केन्द्रीय बैंकको पुस २३ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ९१ अर्ब निक्षेप संकलन भएको छ।

त्यस अगाडि बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । उक्त समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलनमा समेत बढोत्तरी आएको छ । पुस २२ गते ५९ खर्ब ४९ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले २३ गते ५९ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पुस २२ गते ५३ खर्ब ७२ अर्ब कर्जा प्रवाह भएकोमा पुस २३ गते ५३ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। यो तथ्यांक अनुसार समीक्षा अवधिमा कर्जा प्रवाहमा सुधार आएको देखिएको छ ।

साथै, सोही अवधिमा वाणिज्य बैंकहरूबाट हुने कर्जा प्रवाह पनि बढेको छ । पुस २२ गते ४७ खर्ब ६० अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले २३ गते ४७ खर्ब ६२ अर्ब कर्जा प्रवाह गरेका छन्। केन्द्रीय बैंकका अनुसार सो समयमा सीडी रेसियो ७९.०५ प्रतिशत रहेको छ । भने अन्तर बैंक ब्याजदर २.९२ प्रतिशत कायम रहेको राष्ट्रबैंकको तथ्यांकमा उल्लेख छ।

यो समाचार शेयर गर्नुहोस्
914SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?