National life

भद्रपुरबाट १० महिनामा ३ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०५ जेठ २०८३, मङ्गलबार
1.3kShares
भद्रपुरबाट १० महिनामा ३ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन
ncell

भद्रपुर (झापा)। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२-८३ को १० महिनामा  तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व संकलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो ।

कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आवको वैशाख मसान्तसम्म रु चार अर्ब ४० करोड १५ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । वैशाख महिनामा मात्र  ४२ करोड ८५ लाख ६३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८३ दशमलव ८७ प्रतिशत मात्र संकलन भएको उनले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यालयका तथ्याङ्कअनुसार चालु आवको वैशाख महिनासम्ममा आयकरबाट रु एक अर्ब ६८ करोड ६८ लाख ६७ हजार, मूल्य अभिवृद्धि करबाट एक अर्ब २८ करोड ८० लाख १० हजार तथा अन्तःशुल्कबाट रु ४९ करोड ९७ लाख ३२ हजार राजस्व सङ्कलन भएको छ । कार्यालयले करदाता सचेतना, नियमित अनुगमन तथा कर प्रशासनलाई प्रभावकारी बनाउँदै राजस्व सङ्कलन वृद्धि गर्ने प्रयास जारी रहेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?