National life

भारतलाई अमेरिकाले २५ प्रतिशत कर लगाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ साउन २०८२, बिहिबार
1.4kShares
भारतलाई अमेरिकाले २५ प्रतिशत कर लगाउने
ncell

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।

ट्रुथ सोसलमा पोस्ट गरिएको एक विज्ञप्तिमा ट्रम्पले यही अगस्ट १ देखि अमेरिकाले भारतबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने बताएका छन्।

ट्रम्पले विश्वका धेरै देशहरूमा कर लगाउने घोषणा गरेका थिए तर उनले वार्ताका लागि त्यसलाई स्थगित गरेका थिए। व्यापार सम्झौताको लागि वार्ताको समयसीमा अगस्ट १ तारिख तोकिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भारत र अमेरिकाबीच व्यापार सम्झौतामा वार्ता भइरहेको थियो । तर समयसीमाभन्दा दुई दिन अगाडि अमेरिकी राष्ट्रपतिले भारतमा कर लगाउने घोषणा गरेका छन्।

यसप्रति प्रतिक्रिया जनाउँदै भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले भनेको छ, "सरकारले द्विपक्षीय व्यापारको विषयमा अमेरिकी राष्ट्रपतिको भनाइलाई ध्यानमा राखेको छ। सरकारले यसको सम्भावित प्रभावहरूको अध्ययन गरिरहेको छ ।"

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?