काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चोलराज शर्मा जोशीलाई नियुक्त गरिएको छ ।
संस्थाको साउन (आईतवार) आज बिहान बसेको सञ्चालक समितिको बैठकले जोशीलाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । २०७७ साल कात्तिक ४ गतेदेखि एनआईसी एशिया बैंकबाट खटाई सिइओको जिम्मेवारी पुरा गर्दै आएका लक्ष्मण चालिसेलाई उक्त बैंकको निर्णय अनुसार फिर्ता बोलाइएकाले जोशीलाई जिम्मेवारी दिइएको हो ।
उनलाई साउन ७ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको हो ।
जोशी आगामी चार वर्षे कार्यकालका लागि सिइओमा नियुक्त भएको कम्पनीले जानकारी दिएको छ।
































