National life

एनआईसी एशिया लघुवित्तले ऋणीलाई ब्याज र अन्य सेवामा छुट दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ चैत २०८०, मङ्गलबार
662Shares
एनआईसी एशिया लघुवित्तले ऋणीलाई ब्याज र अन्य सेवामा छुट दिने
ncell

काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ऋणी सदस्य तथा कर्जा ग्राहकलाई पर्न गएको असरलाई न्यूनीकरण गर्न ब्याज तथा अन्य सेवामा छुट दिने भएको छ।

प्रचलित नियमनकारी व्यवस्था अनुसार फागुन मसान्तमा निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा चैत मसान्तसम्म पूर्ण रुपमा भुक्तानी गरेमा उक्त छुट दिने लघुवित्तले जनाएको छ ।

यस्तो कर्जा चैत मसान्त भित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा भुक्तान गर्ने मितिसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र ब्याज रकममा समेत छुट दिने लघुवित्तले एक सूचना मार्फत जनाएको छ ।

कमसल कर्जा (९० दिन भन्दा माथि १८० दिनसम्मले भाखा नाघेको) मा १० प्रतिशत, शंकास्पद कर्जा (१८० दिन भन्दा माथि ३६५ दिनसम्मले भाखा नाघेको) मा १५ प्रतिशत र खराब कर्जा (३६५ दिन भन्दा बढीले भाखा नाघेको) मा २० प्रतिशत छुट दिने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो योजनाबाट विविध कारणले आर्थिक समस्यामा परेका ऋणी सदस्यहरुको वित्तीय भार कम गर्न मद्दत पुग्ने, देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने संस्थाले विश्वास लिएको जनाएको छ ।

लघुवित्तले ६ वर्ष भन्दा बढि अवधिदेखी ७४ जिल्लाको ५६० भन्दा बढी स्थानिय तहमा कार्यक्षेत्र रही २८७ शाखा सञ्जाल विस्तार गरी लघुवित्त कार्यक्रम संचालन गदै आईरहेको छ । हाल २ लाख ११ हजार भन्दा बढि सदस्यहरु मध्ये ९० प्रतिशत भन्दा बढि महिला सदस्यहरुको जीवनस्तर उकास्नका लागि १६ अर्ब भन्दा बढि कर्जा प्रवाह गरेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?