National life

३२ प्रतिशतले ओरालियो एनआईसी एशिया लघुवित्तको नाफा, यस्तो छ अन्य सूचक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ साउन २०८१, शुक्रबार
684Shares
३२ प्रतिशतले ओरालियो एनआईसी एशिया लघुवित्तको नाफा, यस्तो छ अन्य सूचक
ncell

काठमाडौँ। गत आर्थिक वर्षमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले १२ करोड ७१ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो नाफा ३२.८८ प्रतिशतले कमी हो । अघिल्लो वर्ष कम्पनीले १८ करोड ९२ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै , गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि ११.९२ प्रतिशतले घटेर ९५ करोड १६ लाख ६१ हजार रुपैयाँमा झरेको छ । यो अघिल्लो वर्ष १ अर्ब ८ करोड ४ लाख १३ हजार रुपैयाँ थियो । अघिल्लो वर्ष १३ करोड ७ लाख ७६ हजार रुपैयाँ ऋणात्मक रहेको इम्पेयरमेन्ट चार्ज बढेर १ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष कम्पनीको सञ्चालन खर्च ६ प्रतिशतले घटेर ७७ करोड ७५ लाख २४ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यस्तो खर्च ८२ करोड ७३ लाख १४ हजार रुपैयाँ थियो ।

गत वर्ष कम्पनीको वितरणयोग्य मुनाफा ४०.८५ प्रतिशतले घटेर ४३ करोड ६० लाख ३७ हजार रुपैयाँमा झरेको छ । जुन अघिल्लो वर्ष ७३ करोड ७१ लाख ३५ हजार रुपैयाँ थियो । गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी ९ईपीएस० पनि १० रुपैयाँ ८८ पैसाबाट घटेर ७ रुपैयाँ ३१ पैसा कायम भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १९ पैसा र मूल्य आम्दानी अनुपात ९६.४७ प्रतिशत छ ।

कम्पनीको कुल सञ्चालन आम्दानी पनि ११.४४ प्रतिशतले घटेर ९८ करोड ८९ लाख ३६ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ११ करोड ६६ लाख २३ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।

कम्पनीको खराब कर्जा ६.२७ प्रतिशतबाट बढेर ९.९२ प्रतिशत पुगेको छ । चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको यस कम्पनीको गत वर्ष रिजर्भको आकार २६.६१ प्रतिशतले बढेर ७५ करोड ८० हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ५९ करोड २४ लाख ५५ हजार रुपैयाँ थियो ।

यो समाचार शेयर गर्नुहोस्
684SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?