National life

भ्रमपूर्ण समाचार प्रकाशन गरेको भन्दै प्राधिकरणको गम्भीर ध्यानाकर्षण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० जेठ २०८१, बुधबार
379Shares
भ्रमपूर्ण समाचार प्रकाशन गरेको भन्दै प्राधिकरणको गम्भीर ध्यानाकर्षण
ncell

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको नियमित कार्यहरूमध्ये पर्ने एक पदपूर्ति प्रक्रियाको सम्बन्धमा केही सञ्चार माध्यमहरूले प्राधिकरण र प्राधिकरणमा कार्यरत कर्मचारीहरूको मान, प्रतिष्ठा र चरित्र हत्या गर्ने गरी कृत्सित मनसायका साथ भ्रामक, तथ्यहीन, आधारहीन तथा कपोलकल्पित मनगढन्ते कुरा राखी मनोगत रूपमा प्रकाशन गरेको समाचारप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

आज एक विज्ञप्ति सार्वजनिक गर्दै प्राधिकरणले बढुवाद्वारा विधिसम्मत ढङ्गले पदपूर्ति गरिने विषय कानुनद्वारा स्वीकृत प्रक्रिया अवलम्बन गरी लोकसेवा आयोग सहितको सहभागितामा पदपूर्ति समितिद्वारा सम्पादन हुने विषय रहेको तर्फ थोरै पनि ज्ञान नराखी एकतर्फी रूपमा मनलागी किसिमले सार्वजनिक निकायका पदाधिकारी, प्राधिकरणका कर्मचारी र तिनको परिवारको समेत चरित्र हत्या गर्ने गरी कसैको स्वार्थ पूर्तिका लागि त्यसरी प्रकाशन गरिएको स्पष्ट देखिएको उल्लेख गरेको छ ।

प्राधिकरणले मनोगत कुण्ठा पोख्न र कसैको स्वार्थ पूर्ति गर्ने ध्येयले प्रकाशन गरिएका कपोलकल्पित र मनगढन्ते समाचारप्रति खेद व्यक्त गर्दै यस्ता भ्रमपूर्ण समाचार लेखी पत्रकारिताको धर्म विपरीत पितपत्रकारिता भइरहेको तर्फ सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।

प्राधिकरणका रिक्त पदहरूमा पदपूर्तिको प्रक्रिया प्रारम्भ नै भई नसकेको अवस्थामा पत्रकारिताको मर्यादा विपरीत प्रकाशित कपोलकल्पित, भ्रामक र तथ्यहीन त्यस्ता समाचारमा कुनै सत्यता नरहेको ब्यहोरा भन्दै प्राधिकरणले स्पष्टीकरण गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
379SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?