National life

मंसिर सकिएसँगै सस्तियो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ पुस २०८०, आइतबार
564Shares
मंसिर सकिएसँगै सस्तियो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । मंसिर महिनाको अन्त्यसम्म चर्किएको सुनको मूल्य पुस महिना लागेसँगै भाउमा सामान्य गिरावट आएको छ ।

आज पुस महिनाको पहिलो दिनमै सुन प्रतितोला १३ सय रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ८०० र तेजावी सुन प्रतितोला १ लाख १७ हजार २५० रुपैयाँमा कायम भएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार १०० र तेजावी सुन १ लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital
त्यस्तै, आईतबार चाँदीको भाउमा पनि गिरावट आएको छ ।

शुक्रबार प्रतितोला १ हजार ४७० रुपैयाँ प्रतितोला कायम भएको चाँदी आईतबार १५ रुपैयाँले घटेर १ हजार ४५५ रुपैयाँमा कायम भएको छ । मंसिर महिनालाई लगको रुपमा हेरिने भएको कारणपनी अन्य महिनाको तुलनामा सुनचादीँको कारोवार बढि हुने गर्दछ ।

यो समाचार शेयर गर्नुहोस्
564SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?