National life
cg eloctronics

मङ्सिर १२ गतेभित्र बिद्युत् बक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ कात्तिक २०८१, बिहिबार
591Shares
मङ्सिर १२ गतेभित्र बिद्युत् बक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह
muktinatha bikash bank

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्तालाई मंसिर १२ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह सूचना सार्वजनिक गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन बाँकी रहेका उद्योगलाई तोकेको समयभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो।मन्त्रिपरिषद् बैठक र सञ्चालक समिति बैठकको निर्णयअनुसार नै १५ दिनभित्र बक्यौता तिरिसक्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

‘वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टिओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी-वान, टि-टु र टि-थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नुभएको, अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन अर्थात २०८१ मङ्सिर १२ गतेभित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ,’ प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ।

साथै, तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नगरेको खण्डमा नियमानुसार कारबाही गरिने प्राधिकरणले सूचनामा जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
591SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?