काठमाडौँ । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बढ्ने र घट्ने क्रम चल्दा चल्दै बजार ३४.२९ अंकले बढेर २९५७.७५ को विन्दुमा कायम भएको छ ।
आज ३३२ सूचीकृत कम्पनीको ५ करोड १२ लाख ३० हजार ३ सय ४० कित्ता शेयर सूचीकृत हुँदा २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज अपी पावर कम्पनी, मन्जुश्री फाइनान्स, थ्रीस्टार हाइड्रोपावर, बेस्ट फाइनान्स कम्पनीसहित दश कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । आज जीवन बीमा, माईक्रोफाइनान्स र म्युचअल फण्ड बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ। फाइनान्स क्षेत्रको उपसूचकमा आज उछाल छाएको छ।



































