National life

मञ्जुश्री फाइनान्सले कमायो १३ करोड ५३ लाख खुद नाफा, कस्तो छ अन्य वित्तीय अवस्था ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०७ माघ २०८२, बुधबार
1KShares
मञ्जुश्री फाइनान्सले कमायो १३ करोड ५३ लाख खुद नाफा, कस्तो छ अन्य वित्तीय अवस्था ?
ncell

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको नाफामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेख्य सुधार देखिएको छ। फाइनान्सले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो छ महिनामा खुद नाफा १५.६३ प्रतिशतले वृद्धि भएको हो।

चालु आर्थिक वर्षको पहिलो छ महिनासम्ममा फाइनान्सले १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको खुद नाफा ११ करोड ७० लाख रुपैयाँ रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
खुद ब्याज आम्दानी र गैर–सञ्चालन आम्दानीमा आएको वृद्धिका कारण नाफामा सुधार आएको वित्तीय विवरणले देखाएको छ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३.८७ प्रतिशतले बढेको छ। यद्यपि, खुद शुल्क तथा कमिशन आम्दानी भने २.०३ प्रतिशतले घटेको छ। यस अवधिमा कुल सञ्चालन आम्दानी १२.६४ प्रतिशतले वृद्धि भएको भए पनि सञ्चालन मुनाफा ११.५४ प्रतिशतले घटेको छ।

पुस मसान्तसम्म आइपुग्दा फाइनान्सको वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ पुगेको छ। यस्तै, वितरणयोग्य प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ८७ पैसा कायम भएको छ। नाफामा सुधारसँगै फाइनान्सको प्रतिसेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ। समीक्षा अवधिमा ईपीएस २ रुपैयाँ ७१ पैसाले बढेर २० रुपैयाँ ३ पैसा पुगेको छ।

वित्तीय सूचकांकअनुसार सो अवधिसम्म फाइनान्सको मूल्य–आम्दानी अनुपात ३९.८९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ। १ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस फाइनान्सको जगेडा कोषमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ सञ्चित छ।

कारोबार विस्तारतर्फ हेर्दा पुस मसान्तसम्म मञ्जुश्री फाइनान्सले २२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?