काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीले २ करोड ८ लाख ५७ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यस अवधिमा यो कम्पनी ४ करोड ६६ लाख रुपैयाँ घाटामा थियो ।
वित्तीय खर्च कम हुँदा यसको नोक्सानी घटेको हो ।
उक्त खर्च ३ करोड ७० लाखबाट घटेर २ करोड ६० लाख रुपैयाँमा झरेको छ। कम्पनीको हालसम्म विद्युत् उत्पादन सुरु गरेको छैन । जस कारणले पनि नाफा कमाउन नसकेको हो ।
६ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको मध्ये भोटेकोशीको रिटेन्ड अर्निङ ४१ करोड ४२ लाख रुपैयाँले ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी ०.३५ रुपैयाँ नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ ९३.१० रुपैयाँ रहेको छ।



































