National life

मन्त्री किरातीद्वारा खादा–माला बापत उठेको ६ लाख २६ हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०३ कात्तिक २०८०, शुक्रबार
818Shares
मन्त्री किरातीद्वारा खादा–माला बापत उठेको ६ लाख २६ हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण
ncell

भोजपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले खादा–माला बापद उठेको रकम स्थानीय विद्यालयलाई हस्तान्तरण गरेका छन् । शुक्रबार आफ्नो निर्वाचन क्षेत्र समेत रहेको भोजपुरको अम्चोक गाउँपालिका ९ स्थित सरस्वती माविलाई रकम हस्तान्तरण गरेका हुन् ।

आफू मन्त्री बनेसँगै मन्त्री किरातीले खादा माला नलगाउने बरु सो बापतको रकम दानपेटीकामा हाल्न मन्त्रालयमा नै व्यवस्था मिलाएका थिए । सोही दानपेटीकामा जम्मा भएको ६ लाख २६ हजार रुपैयाँ उनले विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आफू मन्त्री भएको दुई दिन अघि पोखराको सेती खोचमा यती एयरको जहाज दुर्घटनामा परी ७२ जनाको मृत्यु भएका कारण शोक मनाएका मन्त्री किरातीले खादा माला बापत शुभेच्छुकहरुले चन्दा बाकसमा जम्मा गरेका रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

१३ गतेसम्म जिल्ला भ्रमणमा रहेका मन्त्री किरातीले यसपटकको दसैँ चौरीपालक र भेडा पालक कृषकहरूसँग मैयुङ डाँडामा मनाउने उनको सचिवालयले जनाएको छ । आफू जिल्ला भ्रमणमा रहँदा स्कर्टिङ तथा स्वागत गेट समेत नबनाउन मन्त्री किरातीले जिल्ला प्रशासनलाई निर्देशन दिएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
818SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?