National life

चालु वर्षमै १० वटा जहाज खरिद गर्छाैँ, कालोबजारी रोक्न सम्बन्धित निकायसँग छलफल हुन्छ : मन्त्री किराती

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२८ असोज २०८०, आइतबार
902Shares
चालु वर्षमै १० वटा जहाज खरिद गर्छाैँ, कालोबजारी रोक्न सम्बन्धित निकायसँग छलफल हुन्छ : मन्त्री किराती
ncell

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् । आइतबार मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले फ्युज बढेका कारण भाडा दर बढेको भन्दै चाडबाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए ।

उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले १० वटासम्म जहाज नथपी पर्यटकहरु नेपाल नआउने दाबी गरे । दसैंअघि नै औपचारिक रुपमा विमान खरिद प्रक्रिया अघि बढ्ने उनले बताए । उनले आजबाट नेपालगन्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दसैँभर सञ्चालन गर्ने बताए ।

मन्त्री किरातीले आजैदेखि नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दशैभर सञ्चालन गर्ने प्रतिबद्धता गरे । उनले सबै महंगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने बताए ।

 

 

यो समाचार शेयर गर्नुहोस्
902SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?