National life

महासंघका अध्यक्ष र राष्ट्र संघ आवासीय संयोजकबीच भेटवार्ता , दिगो बिकास लक्ष्य कार्यान्वयनमा जाेड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ जेठ २०८०, बिहिबार
953Shares
महासंघका अध्यक्ष र राष्ट्र संघ आवासीय संयोजकबीच भेटवार्ता , दिगो बिकास लक्ष्य कार्यान्वयनमा जाेड
ncell

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर–हमदी बीच भेटवार्ता भएको छ ।

महासंघको सचिवालयमा आयोजना गरिएको एक कार्यक्रममा औपचारिक भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा दुई संस्थाबीच दिगो विकासका लक्ष्यहरू कार्यान्वयन र अतिकम बिकसित मुलुकबाट नेपालको स्तरोन्तीबाट पर्न सक्ने प्रभाव न्युनिकरणका लागि सहकार्य गर्ने बिषयमा छलफल भएको थियो ।

साना तथा मझौला उद्योग व्यावसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसंगको सहकार्य लगायतका बिषयमा सहकार्य गर्नेबारे पनि दुई संस्थाका प्रमुखबीच छलफल भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त अवसरमा संयुक्त राष्ट्र संघका आवासीय संयोजकलाई महासंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष ढकालले मुलुकभर बलियो संजाल हुनुका साथै तल्लो तहसम्म पुुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पुरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने बताए ।

महासंघको नयँं नेतृत्वले अगाडी सारेका पांच प्रमुख प्राथमिकताहरु, आर्थिक संकटको समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण वनाउने, राज्य र निजी क्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने, व्यवसायीको सम्मानबारे अध्यक्ष ढकालले जानकारी गराएका थिए

यो समाचार शेयर गर्नुहोस्
953SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?