National life

माउन्टेन इनर्जी सहित ४ वटा कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० पुस २०८१, बुधबार
521Shares
माउन्टेन इनर्जी सहित ४ वटा कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?
ncell

काठमाडौँ। नेप्सेमा सूचीकृत कुथेली बुखरी स्मल हाइड्रो सहित ४ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ।

यी कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । नेप्सेमा कुथेली बुखरी स्मल हाइड्रो, आरएसडिसी लघुवित्त,माउन्टेन इनर्जी,र मिथिला लघुवित्तको शेयर मूल्य समायोजन भएको हो।

कुथेली बुखरी स्मल हाइड्रोपावरले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि शेयर मूल्य समायोजन भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समायोजनपश्चात्  कम्पनीको शेयर मूल्य प्रतिकित्ता २ हजार ४६२.७३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आरएसडिसी लघुवित्तको ९.५० प्रतिशत बोनस सेयरका लागि शेयर मूल्य समायोजन भएको छ। समायोजनपश्चात् कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६७३.०६ रुपैयाँ कायम भएको छ।

माउन्टेन इनर्जी नेपालको १५ प्रतिशत र मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरका लागि क्रमशः६३३.२२ रुपैयाँ र १ हजार ५०७.२२ रुपैयाँ कायम भएको छ । अर्को कारोबारदेखि नयाँ समायोजित मूल्य अनुसार यी  कम्पनीको शेयर मूल्य कारोबारमा आउने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?