National life

मान्डु हाइड्रोपावरको खुद नाफा ११.७८ प्रतिशतले वृद्धि आम्दानी भने ओरालियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ माघ २०८०, शुक्रबार
681Shares
मान्डु हाइड्रोपावरको खुद नाफा ११.७८ प्रतिशतले वृद्धि आम्दानी भने ओरालियो
ncell

काठमाडौं । मान्डु हाईड्रोपावरको विद्युत बिक्री आम्दानी घटेपनि खुद नाफामा भने बृद्धि भएको छ ।

४ प्रतिशतले घटेको आम्दानीमा ११.७८ प्रतिशतले खुद नाफा बढेको छ। चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार माण्डूले १७ करोड ५ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत आवको सोही अवधिसम्म कम्पनीले १५ करोड २६ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । मान्डु हाईड्रोपावरले विद्युत बिक्रीबाट आम्दानीबाट ४१ करोड ५२ लाख २९ हजार रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै गत आवमा कम्पनीले विद्युत बिक्रीबाट ४३ करोड २७ लाख २९ हजार रुपैयाँ कमाएकोमा ४.०४ प्रतिशतले घटेको तथ्याकंमा उल्लेख छ । चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ रहेको कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी २५ रुपैयाँ २ पैसा छ ।

यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७९ पैसा र मूल्य आम्दानी अनुपात २९.४२ गुणा छ । कम्पनीको वित्तीय खर्च २३.२८ प्रतिशत घटेर १२ करोड ९ लाख ७ हजार कायम भएको छ । कम्पनीसँग २ अर्ब १२ करोड १५ लाख रुपैयाँ ऋण दायित्व छ ।

भने कम्पनीको जगेडा कोषमा ३७ करोड १९ लाख ३३ हजार रुपैयाँ रहेको छ । कम्पनीको सेयर प्रिमियममा १७ करोड ६ लाख रुपैयाँ सञ्चित छ ।

यो समाचार शेयर गर्नुहोस्
681SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?