National life

मेटलाइफ नेपालद्वारा कार्यविनायक मन्दिरमा पार्क उद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ चैत २०८०, शुक्रबार
1.4kShares
मेटलाइफ नेपालद्वारा कार्यविनायक मन्दिरमा पार्क उद्घाटन
ncell

काठमाडौं । मेटलाइफ नेपाल र डोको रिसायकलर्सले ललितपुरको बुङ्गमतीमा रहेको कार्यविनायक मन्दिर परिसरमा सामुदायिक ठाउँ सिर्जना गर्न महिनौंको व्यापक कार्य पूरा गर्दै पुननिर्मित पार्कको उद्घाटन गरेको छ ।

मेटलाइफ नेपालले नोभेम्बर २०२३ मा आफ्नो स्थानीय सामाजिक उत्तरदायित्व अन्तर्गत पार्कको जीर्णोद्धारको पहल गरेको थियो। डोको रिसायकलर्सको रेखदेखमा र ललितपुर महानगरपालिका वडा नम्बर २२ को सहकार्यमा पार्कमा ल्यान्डस्केपिङ, नयाँ डिस्प्ले बोर्ड स्थापना, फोहोरमैला व्यवस्थापन पूर्वाधार र शौचालय मर्मतसम्भारलगायत व्यापक पुनर्स्थापना गरिएको थियो।

पार्कको उद्घाटनसँगै मेटलाइफ र डोको रिसायकलर्सले नेपालीहरूका लागि नयाँ सामुदायिक ठाउँ जोगाउन मद्दत गर्ने कुरामा जोड दिने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘समुदायका सदस्यको रुपमा, हामी कार्यविनायक मन्दिरमा पार्क जीर्णोद्धार परियोजनाको हिस्सा हुन पाउँदा गर्व गर्छौं।

डोको रिसायकलर्ससँगको हाम्रो साझेदारीले मेटलाइफको दिगो साइट संरक्षण अभ्यासहरूलाई प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, जसबाट मानिसहरू र वातावरण दुवैलाई लाभ हुनेछ। हामी आगामी पुस्ताहरूका लागि दिगोपन र वातावरणीय जिम्मेवारीको संस्कृतिलाई बढावा दिन समर्पित छौं ।’

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?