काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको सम्बन्धमा सुझावका लागि विज्ञहरुको समिति गठन गर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केही व्यवस्थामा परिमार्जन गरिएको छ।
जस अन्तर्गत केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा ‘मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गरिने’ व्यवस्था गरेको हो ।
































