National life

मौद्रिक नीति समीक्षाको प्रभाव: बैंकहरुले धमाधम घटाउन थाले ब्याजदर, कुन बैंकले कति घटाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ मंसिर २०८०, मङ्गलबार
443Shares
मौद्रिक नीति समीक्षाको प्रभाव: बैंकहरुले धमाधम घटाउन थाले ब्याजदर, कुन बैंकले कति घटाए ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नीतिगत दरहरू घटाएपछि बैकहरूले ब्याजदर घटाउन थालेका छन् ।

सामान्य अवस्थामा भने बैकहरूले प्रत्येक महिनाको लागि निक्षेपमा लागू हुने ब्याजदर महिना सुरु हुनु अगावै प्रकाशित गर्नुपर्ने प्रावधान रहेको छ। यसअनुसार बैकहरूले हरेक मसान्तमा सूचना प्रकाशित गर्दै अर्को महिनामा लागू हुने ब्याजदरको सूचना दिँदै आएका छन्।

तर राष्ट्र बैंकको निर्देशनमा बैंकदर तथा नीतिगत दर परिवर्तन भएमा तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सकिने व्यवस्थाअनुसार बैकहरूले धमाधम सूचना प्रकाशित गर्दै ब्याजदर घटाउन थालेका छन्।

Royal Enfield
nic asia capital

शुक्रवार मौद्रिक नीतिको समीक्षाबाट राष्ट्र बैंकले बैंकदरलाई घटाएर ७.५ प्रतिशतबाट ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप सङ्कलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट ३ प्रतिशत कायम गरेको थियो ।

तत्पश्चात् बैंकहरुले पनि सूचना प्रकाशित गर्दै धमाधम ब्याजदर घटाउन थालेका हुन् । हालसम्म एनआईसी एशिया, कुमारी बैंक, एनएमबि बैंक र माछापुच्छ्रे बैंकले सूचना प्रकाशित गरी ब्याजदर घटाइसकेका छन् ।

मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएपछि मात्रै क्रमशः  चार वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका हुन् । बैंकहरुमा निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा तरलता थुप्रिएपछि राष्ट्र बैंकले नीतिगत ब्याजदर घटाएको हो। तत्पश्चात् बैंकहरुले पनि धमाधम ब्याजदर घटाउन सुरु गरेका हुन्।

मौद्रिक नीतिको समीक्षा पश्चात् राष्ट्र बैंकले नीतिगत दर घटाएर ५.५ प्रतिशतमा ल्याएको छ , माछापुच्छ्रे बैंकले १०.६ प्रतिशत रहेको निक्षेपको ब्याज ९.६ प्रतिशत कायम गरेको छ । कुमारी बैंकले १०.०१ प्रतिशत ब्याजलाई घटाएर ९.६१ प्रतिशतमा झारेको छ भने एनएमबि बैंकले ब्याज ९.७६ प्रतिशतबाट ९ प्रतिशतमा झारेको छ ।

यो समाचार शेयर गर्नुहोस्
443SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?