काठमाडौँ । म्यानपावर व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण वैदेशिक रोजगार विभागले माग गरेको छ । विभागमा दर्ता भई कामदार पठाउँदै आएका सम्पूर्ण व्यवसायीहरूसँग चालु आर्थिक वर्षमा पठाएको विवरण माग गरेको हो ।
विभागले पठाएको मुलुक, रोजगारदाता संस्था, श्रमिकको नाम, श्रमिकको सम्पर्क नम्बर ९नेपाल हुँदाको बखतको०, काम, तलब लगायतका विवरण उल्लेख गरेर उपलब्ध गराउन भनेको हो ।
म्यानपावर व्यवसायीहरूले खाडीका ६ मुलुक र मलेसियामा फ्री भिसा, फ्री टिकटको कोटा ल्याएर कामदार पठाउँदै आएका छन् ।


































